जेनेक्स १३ औं वर्षमा, ग्राहकको विश्वास नै हाम्रो सफलता : प्रवन्ध निर्देशक पौडेल

पोखरा । जेनेक्स अटोमेसन प्रा.लि. १३ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्युरोडबाट सेवा प्रदान गरिरहेको प्रालिले शुक्रबार १२औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा प्रा.लि.ले सम्पूर्ण ग्राहक, शुभचिन्तक, शुभेच्छुक लगायत सम्पूर्णप्रति आभार तथा कृतज्ञता ज्ञापन गरेको छ । ग्राहकको माया र विश्वासकै कारण जेनेक्सले सफलता प्राप्त गरेको प्रवन्ध निर्देशक नविन पौडेलले बताए ।

प्रालिले १२ वर्षदेखि आइटीसँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ । बिगत केही वर्षदेखि प्रालिले इलेक्ट्रोनिक्स सामानहरुको बिक्री वितरण लगायतको सेवा पनि प्रदान गरिरहेको छ ।

न्युरोडस्थित गिरी कम्प्लेक्स र नगरपालिका अगाडिबाट सेवा प्रदान गरिरहेको प्रा.लि.ले न्युरोडकै स्ट्रिट नं. ३ मा जेनेक्स प्लाजा निर्माण सम्पन्न गरेको छ । अन्तर्राष्ट्रियस्तरको सेवा सुविधासहित निर्माण भएको प्लाजाको यही आर्थिक वर्षभित्रमा उद्घाटन गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

You might also like
Comments
Loading...