रातो मच्छिन्द्रनाथको रथका कारण जावलाखेल-पुल्चोक खण्डमा चल्ने सवारी साधनलाई डाइभर्सन

काठमाडौं। ललितपुरको जावलाखेल पुल्चोक सडक खण्डमा चल्ने सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण जावलाखेलबाट पुल्चोक सडक खण्डमा चल्ने  गर्ने सबै प्रकारका सवारी साधनहरुलाई डाइभर्सन गरिएको हो ।

सवारी साधनहरुलाई झम्सीखेल हुँदै सुजुकी मोड तथा कानदेवता स्थान आऊ-जाऊ गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका अन्य स्थान तथा नाकाहरूको सवारी आवागमन भने सामान्य रहेको महाशाखाले जनाएको छ ।आइतबार रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको थियो ।

रथारोहणसँगै अहिले दर्शनार्थीको भीड लागेको छ ।मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा सुरु भएको मानिन्छ । रातो मच्छिन्द्रनाथको रथ २१ गते पुल्चोकबाट गाबहाल तान्ने कार्यक्रम रहेको छ ।

You might also like
Comments
Loading...