बालबालिकाका लागि थप २३ लाख खोप काठमाडौं आइपुग्यो

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २३ लाख खोप आज काठमाडौं आइपुगेको छ ।

५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोनाभाइरस विरुद्धको थप करिब २३ लाख मात्रा फाइजर खोप आइतबार काठमाडौं आइपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरासियाका अनुसार कोभ्याक्स सुविधामार्फत २२ लाख ९९ हजार २०० मात्रा पेडियाट्रिक डोज खोप आज आइपुगेको हो ।

खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई यो खोप दिइने मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिएको छ।

पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ। बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

देशका बाँकी ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिने सरकारको तयारी छ ।

You might also like
Comments
Loading...