बुद्ध पूर्णिको दिनमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा रहेका छन् । उनी लुक्बिनी भ्रमणका लागि सोमबार बिहान नेपाल आएका हुन् ।

मोदीले बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको बताएका छन् ।आज उनले मायादेवी मन्दिरको तस्बिरसहित नेपालीमा ट्वीट गर्दै धन्य महसुस गरेको बताएका हुन् । साथै मोदीले भगवान बुद्धले सबैको कल्याण गरुन् भनी कामना समेत गरेका छन् ।

मोदीले ट्वीट गर्दै लेखेका छन्, ‘बुद्ध पूर्णिमाको अवसरमा मायादेवी मन्दिरमा प्रार्थना गर्न पाउँदा धन्य महसुस गरेको छु । भगवान बुद्धले हामी सबैको कल्याण गरुन् र हाम्रो जगतलाई शान्त र समृद्ध तुल्याउन् ।’

मोदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मायादेवी मन्दिर भ्रमण गरेको तस्बिर समेत सार्वजनिक गरेका छन् । उनले मायादेवी मन्दिरमा देउवासहित पर्यटनमन्त्री प्रेमबहादुर आले र देउवापत्नी आरजु देउवासँग खिचेको तस्बिर समेत सार्वजनिक गरेका छन् ।

You might also like
Comments
Loading...