भक्तपुरमा पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए ।

You might also like
Comments
Loading...