भरतपुरमा कडा टक्कर : विजय र रेनुबीच १७ को मतअन्तर

काठमाडौं । भरतपुर महानगरपालिकामा प्रमुखका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मत परिणामअनुसार त्यहाँ एमालेका उम्मेदवार विजय सुवेदीले ४ हजार ९ सय १५ मत र माओवादी उम्मेदवार रेनु दाहालले ४ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् ।

यी दुई उम्मेदवारबीचको मतान्तर जम्म १७ को छ। त्यस्तै, कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले आफ्नो मत बढाउँदै लगेका छन्। भुँईकटहर चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार पौडेलले २ हजार २ सय ७५ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा भने कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी राप्रपा उम्मेदवार हिमला गुरुङभन्दा १ हजार ९ सय ३८ मतले अघि छन्।

You might also like
Comments
Loading...