व्यासमा सुरु भयो एमाले–जोशी समूहको घरदैलो

 

तनहुँ।व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि एमाले–जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।

एमाले–जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवारले व्यास–३ देउरालीनगरबाट घरदैलो सुरु गरेका हुन् । उम्मेदवारहरुले मतदाता भेटघाट गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका छन् ।

मेयर उम्मेदवार जोशी एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उपमेयर उम्मेदवार घर्ती भने एमालेको चुनाव चिन्हमा मैदानमा छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ गते मात्र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ ।

You might also like
Comments
Loading...