हाम्रो सहयोगी सहकारीको वार्षिकोत्सव : ‘रक्तदानदेखि सेवा केन्द्र स्थापनासम्म’

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले पोखरा महानगरपालिका १४ चाउँथेमा सेवा केन्द्र विस्तार गरेको छ । पोखरा ९ पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको सहकारीले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि चाउँथेमा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालयको उद्घाटन पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले सहकारी वित्तिय क्षेत्रको मेरुडण्ड रहेको धारणा राखे । उनले विधानमा उल्लेख भएअनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे । मेयर आचार्यले आगामी दिनमा हरेक वडामा दुईवटा सहकारीसगँ समन्वय गरेर उत्पादनको प्रवर्द्धन गर्न कोसेली घर निर्माण गर्रे बताए ।

‘हामीले आउने दिनमा हरेक वडाको एउटा वा दुईवटा सहकारीसँग मिलेर उत्पादनमा जनसमुदायलाई जोड्ने उद्देश्यसहित कोसेली घर बनाउने गरि योजनामा राखेका छौ, उनले भने, ‘त्यसकारण सहकारी पनि हाम्रो कामको एउटा क्षेत्र बन्दैछ । आउने १० गते बजेट ल्याउदै छौ । त्यसको नीति तथा कार्यक्रममा समावेश गरेपछि राम्रोसँग हेर्न र बुझ्न पाउँनुहुनेछ । र पोखरा महानगरपालिका सहकारीसँग सहकार्य गरेरै अगाडी बढ्ने नीति रहेको छ ।’

त्यसैगरि वडा १४ का अध्यक्ष बोधराज कार्कीले उक्त सहकारीसँग पुराने सम्बन्ध रहेको बताउदै वडाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्थानीयबासीलाई आफ्नै टोलमा सहकारी आएकोले बचत गर्ने बानीको विकास गर्न सुझाव दिए । उनले वैंकले भन्दा सहकारीले सेवा दिने बताउदै सेवाको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष कार्कीले फरक प्रसंगमा बोल्दै आफ्नो वडालाई नमुना वडाको रुपमा विकास गर्न लागिपरेको बताए । उक्त कार्यक्रममा पोखरा महानगरपालिका १७ वडाध्यक्ष राधिका शाही योगी, मादी गाउँपालिका ४ का वडाध्यक्ष शिव सापकोटा, गण्डकी चेम्बर्स अफ कमर्सका गण्डकी अध्यक्ष किसान सुनार, सहकारी व्यवस्थापन क्लबका अध्यक्ष अपिल कोईराला, शुन्दर टोल विकास संस्थाका अध्यक्ष बलराम लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सहयोगीको वार्षिक कारोबार कति ?
सहयोगी सहकारी संस्थाका कोषाध्यक्ष सिर्जन श्रेष्ठका अनुसार उक्त संस्थामा वार्षिक (कुल पुँजी) ४५ करोड ५० लाख बढिको आर्थिक कारोबार हुँदै आएको छ । भने संस्थाको सेयर पुँजी ८ करोड ६० लाख ८ सय रुपैयाँ रहेको छ ।

यसैगरि कर्जा लगानी ३३ करोड ४ लाख ३ सय ४६ रुपैयाँ रहेको छ । गत २०६६ साल कात्तिक ६ गते संस्था स्थापना गरेपनि ४ वर्षपछि मात्रै वित्तीय काम तथा सेवा सुरु गरिएको थियो । कुल १ हजार १ सय ५८ जना सेयर सदस्य रहेको उक्त संस्थामा हाल १६ जना कर्मचारी कार्यरत रहेका छन् ।

कर्मचारीदेखि वडाध्यक्षसम्म सम्मान
हाम्रो सहयोगी सहकारी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाको निर्वतमान अध्यक्षसमेत रहेका शिव सापकोटालाई हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मादी गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्षमा निर्वाचित भएको भन्दै सम्मान गरिएको हो ।

पोखरा महानगरपालिका १७ को वडाध्यक्षमा निर्वाचित तथा संस्थाका पूर्व उपाध्यक्ष समेत रहेकी राधिका शाही योगीलाई सम्मान गरिएको सहकारी संस्थाका व्यवस्थापक जिवन अधिकारीले बताए । उनका अुनसार पोखरा १४ का वडाध्यक्ष बोधराज कार्कीलाई समेत सम्मान गरिएको थियो ।
त्यसैगरि कर्मचारीहरु तर्फबाट उत्कृष्ट कारोबार गरेको भन्दै संस्थाका कर्मचारी हरि न्यौपाने र भोलानाथ ओझालाई पुरस्कृत गरिएको थियो भने, उत्कृष्ट भेषभुषासहित कार्यक्रममा उपस्थित भएका नवरत्न आमा समुहलाई समेत सम्मान गरिएको व्यवस्थापक अधिकारीले जानकारी दिए ।

रक्तदानमा ५१ यूनिट संकलन
संस्थाको १३औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा कुल ५१ यूनिट संकलन भएको छ । ‘रत्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित कार्यक्रममा ५१ यूनिट संकलन भएको हो ।

पहिलो रक्तदातालाई पोखरा १४ का वडाअध्यक्ष बोधराज कार्कीले व्लड ब्याग हस्तान्तरण गरेर रक्तदान शुभारम्भ गरेको थिए । वार्षिकोत्सव समारोहमा सहभागीहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की र रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग रहेको थियो ।

सो अवसरमा कार्यक्रममा सहभागीहरुलाई निःशुल्क सुगर परिक्षण गर्ने व्यवस्था समेत गरिएको थियो । सहकारी संस्थाका अध्यक्ष शुक्रराज कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रुद्र बहादुर विकले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव कृष्णप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like
Comments
Loading...