हालसम्म ७०६ स्थानीय तहको नतिजा घोषणा, कुन पार्टीले कति ल्याए ?

काठमामाडौं ।  गत बैशाख ३० गते सम्मपन्न भएको स्थानीय निर्वाचनको मतगणना हाल जारी रहेको छ । निर्वाचन आयोगले हालसम्म ७५३ स्थानीय तहमध्येहालसम्म  ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ । मुलुकभर कूल ७५३ पालिका रहेकामा गणना सकिएका पालिकाको प्रतिशत ९३ दशमलव ९४ प्रतिशत देखिएको छ ।

मतपरिणाममा नेपाली कांग्रेस अग्रणी रहेको छ भने त्यसपछिको क्रममा नेकपा (एमाले), नेकपा ९माओवादी० केन्द्रलगायत रहेका छन् । काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज महानगरसहित केही पालिकाको मतगणना जारी रहेको छ ।

बाजुराको बुढी गङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिका-१२ मा भएको मतदानमा विवाद उत्पन्न भएकाले मतगणना गर्ने या पुनःमतदान गर्ने भन्नेमा निर्वाचन आयोगले निर्णय गर्न बाँकी रहेको छ ।

You might also like
Comments
Loading...