गठबन्धन र महंगो प्रकरणले स्थानीय निर्वाचनमा महिलाको सहभागिता न्यून !

दीपा रेग्मी

दीपा रेग्मी

काठमाडौं । आज भोलि जताततै चुनावको चर्चा  छ । चुनावमा कुन पाटी अगाडि आउँछ, कुन नेताले जित्लान भनेर चर्चा परिचर्चा चोक चोकमा, चिया पसल, कार्यालयमा सुन्न पाइन्छ ।यो पटकको स्थानीय निर्वाचनमा गठबन्दनको कारणले गर्दा महिला उमेदवारलाई निकै गाह्रो भएको अवस्था आएको छ ।

आफू सक्षम हुँदाहुँदै पनि महिला भएकै कारणले टिकट नपाएको अवस्था छ । एकातिर, दलहरूले महिलालाई नपत्याउने, अर्कातिर, महँगो चुनावका कारण उनीहरू आफैं हच्किने अवस्था पनि छ ।

यही स्थानीय चुनावमा उपमेयरको लागि उमेदवारी दिनको लागि पुरै योजना र तयारीमा रहेकी एक नेता गठवन्द्वको कारणले गर्दा उमेदवारी दिन पाइनन्। उनी भन्छिन् पाटीमा बसेपछि पाटीको कुरा त मान्नै पर्यो ।यो पटकमा आफ्नो इच्छा हुँदाहुँदै पनि पछि हट्नु परेको छ ।

नेपालको संविधानको मौलिक हकमा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ । संवैधानिक व्यवस्था अनुसार कुनै पनि दलले स्थानीय तहका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एकमा महिला अनिवार्य हुनुपर्छ । तर दलहरूले गठबन्धन गरेर त्यो प्रावधानलाई छलेका छन्, दुवै पदमा पुरुषलाई उठाएका छन् ।

स्थानीय तहको यसअघिको चुनावमा एक-दुई ठाउँबाहेक अन्यत्र गठबन्धन भएको थिएन । तर, यस पटक दलहरू सबैजसो ठाउँमा गठबन्धनकै भरमा छन् । गठबन्धनका कारण दलहरूले एक पदमा मात्रै उम्मेदवारी दिने अवस्था उत्पन्न भयो ।त्यसमा पनि महिला उमेदवार उठाउनु भन्दा पनि पुरुष उमेदवारलाई उठाए ।

आयोगको अहिलेसम्म आएको विवरणअनुसार ६ महानगरमध्ये २ वटामा, ११ मध्ये ३ उपमहानगरपालिकाको मेयरमा राजनीतिक दलहरूले महिला उम्मेदवार बनाएका छन्। त्यस्तै २७६ नगरपालिका मध्ये २२ वटा नगरपालिकाको मेयरमा महिला उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

आयोगको तथ्यांकअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख-उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा ४ हजार ४ सय ९ जना मात्रै महिला उम्मेदवार छन् । प्रमुखमा ३ हजार २ सय १९ पुरुषको उम्मेदवारी परेको छ भने २ सय ३० महिला उम्मेदवार छन् । पालिका अध्यक्षमा ३ हजार १ सय ८६ पुरुष उम्मेदवार छन् भने महिला उम्मेदवार १ सय ५५ छन् । उपप्रमुखमा ६ सय ३ पुरुष र १ हजार ४ सय ३५ महिला छन् । उपाध्यक्षमा ६ सय ११ पुरुष र १ हजार ६ सय ४४ महिला उम्मेदवार छन् । वडाध्यक्षमा ३४ हजार १ सय ४ पुरुष र ९ सय ४५ महिला उम्मेदवार छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार वैशाख २९ सम्म १८ वर्ष पूरा भएका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनामध्ये ८७ लाख ४१ हजार ५ सय ३० जना महिला छन् ।

 स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ

आयोगको अहिलेसम्म आएको विवरणअनुसार ६ महानगरमध्ये २ वटामा, ११ मध्ये ३ उपमहानगरपालिकाको मेयरमा राजनीतिक दलहरूले महिला उम्मेदवार बनाएका छन्। त्यस्तै २७६ नगरपालिका मध्ये २२ वटा नगरपालिकाको मेयरमा महिला उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन् ।

जसमा महिला नेताहरुको विवरण यस्तो रहेको छ ।

१, सिर्जना सिंह नेपाली कांग्रेस – काठमाडौं महानगरपालिका, काठमाडौं
२, रेनु दाहाल नेकपा माओवादी केन्द्र – भरतपुर महानगरपालिका, चितवन
३, मञ्जु भण्डारी सुवेदी नेकपा एमाले धरान उपमहानगरपालिका, सुनसरी
४, सरस्वतीदेवी चौधरी नेकपा एमाले ( जितपुर सिमरा उपमहानगरपालिका, बारा
५, मीनाकुमारी लामा नेकपा एकीकृत समाजवादी – हेटौँडा उपमहानगरपालिका, मकवानपुर
६, गीता अधिकारी नेकपा एमाले दमक नगरपालिका, झापा
७, पवित्रा महतरा नेकपा एमाले बिर्तामोड नगरपालिका, झापा
८, विमला दुवाडी नेकपा एमाले रत्ननगर नगरपालिका, चितवन
९, गंगादेवी श्रेष्ठ नेकपा एमाले नीलकण्ठ नगरपालिका, धादिङ
१०, मोहनमाया ढकाल नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
११, पशुपति कुँवर नेकपा एमालेसाँफेबगर नगरपालिका, अछाम
१२, सुशीला सिंह नेकपा एमाले वेदकोट नगरपालिका, कञ्चनपुर
१३, कमला बोहरा नेकपा एमाले बेलौरी नगरपालिका, कञ्चनपुर
१४, सम्झना देवकोटा नेकपा एमाले गोरखा नगरपालिका, गोरखा
१५, रजनी थापा नेपाली कांग्रेस टोखा नगरपालिका, काठमाडौँ
१६, रञ्जिता कार्की नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका, झापा
१७, निर्मला खड्का नेपाली कांग्रेस नारायण नगरपालिका, दैलेख
१८, अम्बिका चलाउने नेपाली कांग्रेस पञ्चदेवल विनायक नगरपालिका, अछाम
१९, तारा शाही नेपाली कांग्रेस – खाँडाचक्र नगरपालिका, कालिकोट
२०, शान्ता भण्डारी नेपाली कांग्रेस सन्धिखर्क  नगरपालिका, अर्घाखाँची
२१, सङ्गीता भण्डारी नेकपा एकीकृत समाजवादी  अमरगढी नगरपालिका, डडेलधुरा
२२, जयालक्ष्मी चौलागाई नेकपा एकीकृत समाजवादी  चन्दननाथ नगरपालिका, जुम्ला
२३, सीमा क्षेत्री नेकपा एमाले – पुतलीबजार नगरपालिका, स्याङ्जा
२४, रमावती यादव नेकपा एमाले  लुम्बिनी सांस्कृतिक नगरपालिका, रुपन्देही

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ  । एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

३० वैशाखमा हुने निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रूपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ । राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एस०ले १ सय २८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ ।

१ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिँदा १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।नेकपा ९एस० ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।उपेन्द्र यादव जनता समाजवादी पार्टी ९जसपा० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

जसपाले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाउने छ ।

१ सय ८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन् ।
ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र प्रमुखमा उम्मेदवार बन्न अवसर पाएका छन् ।

प्रमुखका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन् भने ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन् ।

पछिल्लो पटक राजनितिमा लागेका महिलाहरु सचेत भए पनि उनिहरु आफ्नो अधिकारको लागि पाटी भित्र पुरुषवादी सोच हावी भएको कारणले गर्दा पनि नेतृव्वमा पुग्न सकेको अवस्था छैन्।

अझै पनि पाटी भित्र नै हामी लड्नु पर्ने अवस्था रहेको छ भन्ने गरेका छने महिला नेताहरु । महिलाको मुद्दामा सबै दलका महिलाहरू एकजुट भएर यो समाजबाट पुरुषवादी सोचलाई जरैवाट उखेली समानताको बातावरण सृजना गरी अगाडी बढ्न अब समय आएको छ ।

You might also like
Comments
Loading...