लिटल बुद्धज एकेडेमीका प्रिन्सिपल कार्कीलाई सम्मान

काठमाडौं । काठमाडौं १५ स्वयम्भू डल्लुमा सञ्चालित लिटल बुद्धज एकेडेमीका प्रिन्सिपल नारायणकुमार कार्की सम्मानित भएका छन् । शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् । कार्की लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । प्राप्त सम्मानबाट आफूलाई शिक्षा तथा सामाजिक क्षेत्रमा काम गर्न थप प्रेरणा मिलेको कार्कीले बताए ।

कार्कीले २५ वर्ष अगाडि लिटल बुद्धज एकेडेमी स्थापना गरेका हुन् । उनी स्कुल फोरम नेपालका वरिष्ठ उपाध्यक्षसमेत हुन् । नेशनल प्याब्सनमा समेत उनले लामो समयदेखि काम गर्दै आइरहेका छन् ।

You might also like
Comments
Loading...