आधारभूत बहुउद्देश्यीय सहकारी छैटौँ वर्षमा, गर्‍यो सदस्य भेटघाट कार्यक्रम

काठमाडौं । आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि।ले आफ्नो छैटौँ स्थापना दिवसको अवसरमा सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

काठमाडौंको न्युरोडस्थित मारबाडी सेवा समितिको हलमा शनिबार आयोजित तरलता अभाव र व्यवस्थापनमा चुनौती विषयक अन्तरक्रियामा बोल्दै सहकारीका अध्यक्ष खड्ग देवकोटाले सहकारीको विषयमा भ्रमहरु फैलाइएको भन्दै भ्रमको पछि नलाग्न सम्पूर्ण सेयर सदस्यहरुलाई अनुरोध गरे ।

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले हरेक ठाउँमा चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । उनले त्यस्ता चुनौतीलाई वुद्धिमानी पूर्वक समाधान गर्नुपर्ने तर भाग्न भने नहुने बताए ।

सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाले तरलताको अवस्थमा धेरै चुनौती हुने हुँदा त्यस्तो समयमा सबैले समाधान गर्न सहयोग गर्नुपर्ने बताए । साथै उनले सहकारी विश्वासले चल्ने संस्था भएकाले लगानी गर्दा विश्वास गर्न सक्नुपर्ने बताए । आधारभूत सहकारीलाई समय समयमा अनुगमन भइरहेको र संस्थागत सुशासन पनि राम्रो रहेको पाइएको उनले बताए । राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक केदारनाथ उप्रेतीले नेपालको वित्तीय क्षेत्रमा सहकारीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

काठमाडौंको इन्द्रचोकमा मुख्य कार्यालय रहेको सहकारी वि।सं। २०७४ असार २५ गते स्थापना भएको थियो । सहकारीमा हाल करिब ३ हजार जना सेयर सदस्य आवद्ध छन् भने, सेयर पुँजी करिब ४ करोड रुपैयाँ छ। हाल सहकारीको कारोबार ४५ करोड रुपैयाँ बराबर रहेको अध्यक्ष देवकोटाले बताए ।

You might also like
Comments
Loading...