आफ्नो बुटिकले जेठको २७ गतेबाट तालिम सञ्चालन गर्ने

काठमाडौं । काठमाडौंको  बागबजारस्थित ‘आफ्नो बुटिक’ ले जेठको तेस्रो साताबाट तालिम सञ्चालन गर्ने भएको छ ।

हालै सञ्चालनमा आएको आफ्नो बुटिकले युवा लक्षित तालिम सञ्चालन गर्न लागेको हो । राजधानीको केन्द्र बागबजारमा रहेको यस बुटिकले बिहान र साँझको समयमा कक्षा सञ्चालन गर्न लागेको हो ।

यसै जेठको २७ गतेबाट आफ्नो बुटिकले कक्षा सञ्चालन गर्न लागेको तालिम आधारभुत र एड्भान्स लेभलको हुने सञ्चालक राज कार्कीले बताए । सिटिईभिटीबाट मान्यता प्राप्त प्रशिक्षकहरुले तालिम प्रदान गर्ने कार्कीले बताए ।

मुलुकका विकट जिल्ला र आर्थिक बिपन्नता भएका इच्छुक व्यक्तिहरुका लागि निःशुल्क छात्रबृत्ति प्रदान गर्न लागिएको उनले बताए । जसमा दुई जना पुरुष र दुई जना महिलाहरुलाई तालिम समितिले मूल्यांकन गरेका आधारमा छात्रबृत्ति प्रदान गरिनेछ ।

यस तालिममा सहभागि हुनका २५ गतेभित्र आवेदन दिईसक्नु पर्नेछ । इमेल, ह्वाट्सएप, बुटिकको सामाजिक सञ्जाल माध्यममार्फत आवेदन दिन सकिनेछ । यो तालिम ४५ दिन, ६८ दिन, ७८ दिनको कोर्ष सञ्चालन हुनेछ ।

४५ दिनको लागि ६ हजार ५ सय, ६८ दिनको ७ हजार ५ सय, ७८ दिनको लागि ८ हजार ५ सय रुपैया“ शुल्क तोकिएको छ । यसैगरी एड्भान्स लेभलका लागि ४५ दिनको ९ हजार ५ सय, ६८ दिनका लागि १४ हजार ५ सय, ७८ दिनका लागि १७ हजार ५ सय रुपैया शुल्क तोकिएको छ । तालिममाा भोटोदेखी कोटसम्म सिलाउन सिकाईनेछ ।

रोजगारीका लागि विदेसिन बाध्य युवा, युवतिहरुलाई स्वदेशमै सीप सिकाई देशमै स्वरोजगारको वातावरण सिर्जना गरी आर्थिक अवस्था मजबुत बनाउनु यो तालिमको उद्देश्य सञ्चालक कार्कीले बताए ।

दक्ष जनशक्ति उत्पादन गर्नु, सीलाई पेशालाई स्थापित गर्नु, सीलाई पेशामा युवा पुस्तालाँई आकर्षित गर्नु हाम्रो लक्ष्य रहेको छ ।’ कार्कीले भने, ‘नेपाल बाहिरबाट स्वदेशमा फर्केर कोही सिलाई पेशामा आबद्ध हुन चाहन्छन् भने विशेष सुहलियतको व्यवस्था गरिनेछ ।’

You might also like
Comments
Loading...