मन्त्रिपरिषद्ले आईजीपीमा बढुवा गरेपछि दुई सिनियर एआईजी अदालत जाने तयारीमा

काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले धिरज प्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि दुई सिनिय प्रहरी अतिरिक्त महानिरीक्षकले अदालत जाने तयारी गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् ।

पोखरेलनिकट स्रोतका अनुसार उनीहरु अदालत जानेबारे छफलल भइरहेको जानकरी दिएका छन् । पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि सिंह एआईजीमा नियुक्त भएका थिए ।

त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् ।

You might also like
Comments
Loading...