जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । यहाँ आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जिप शैल्यशिखर-६ उलानीमा दुर्घटना भएको हो ।

से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

You might also like
Comments
Loading...