ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु

काठमाडौं । विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्य भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो ।

आज दिउँसा घाँस काट्न गएका फुङलिङ नगरपालिका-६ बतासे बस्ने चन्द्र भनिने ५० वर्षीय लालबहादुर गुरुङको लडेर मृत्यु भएको छ । आफ्नै बारीमा घाँस काट्न गएका उनी कान्लाबाट लडी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले बताए ।

यस्तै गएराति मैवाखोला गाउँपालिकाको वडा नं २ को तेल्लाबुङबाट वडा नं ५ फाकुम्बातर्फ जाँदै गरेको ट्र्याक्टर वडा नं ४ साँघुको याम्फेवा खोला नजिक चाप्लिङ खोल्सामा दुर्घटनामा हुँदा दुई घरका दाजुभाइ तथा दिदीबहिनी गरी चार जनाको मृत्यु भएको थियो ।

०२-०३-००१ त ५६५५ नंको ट्र्याक्टर दुर्घटनामा परी मैवाखोला गाउँपालिका-५ काम्साङ बस्ने ३१ वर्षीय पासाङ शेर्पा, निजका सहोदर भाइ २४ वर्षीय फुर्वा शेर्पा तथा मैवाखोला गाउँपालिका-४ ओदक बस्ने पासाङ छेटु शेर्पाका छोरी १७ वर्षीया लाकी शेर्पा र २२ वर्षीया शर्मिला शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

You might also like
Comments
Loading...