काभ्रेपलाञ्चोकमा गाडी ठोकिँदा पाँच जनाको मृत्यु, १८ घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु भएको छ । साथै १८ घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका -११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।

सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका-७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका-४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका-१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका-८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी १८ जना भएको र उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

You might also like
Comments
Loading...