गण्डकीको मुख्यमन्त्रीमा अधिकारीको दाबी पेस

काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् ।नेता अधिकारीले सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका हुन् ।

सत्तारुढ दलमा आबद्ध ३२ र एक स्वतन्त्रसहित प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएर नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

एमालेका २२, नेकपा (माओवादी केन्द्रका) आठ, राप्रपाका दुई र स्वतन्त्र हैसियतमा प्रदेशसभा सदस्य राजीव गुरुङको समर्थन छ । मुख्यमन्त्रीको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

अधिकारी कास्की प्रतितिसभा १ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका छन् ।

You might also like
Comments
Loading...