अल्फा केयर र नबिल बैंकबीच छुट सम्झौता

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरमा रहेको अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टर र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकलाई अल्फा केयरको सेवामा १५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको छ । सम्झौता पत्रमा अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुली र बैंकका तर्फबाट डिपार्टमेन्ट हेड पारस कुँवरले हस्ताक्षर गरेका छन् ।

बैंकका कार्ड होल्डर ग्राहकले उक्त छुट प्राप्त गर्नेछन् । फार्मेसीमा पनि विशेष छुट प्रदान हुनेछ । २ हजारभन्दा बढीको औषधी अर्डर गर्दा होम डेलिभरी सेवा निःशुल्क उपलब्ध हुने पराजुलीले जानकारी दिइन् ।

अल्फा केयर ए ग्रेडको ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि प्रदान हुँदै आइरहेको छ । ‘स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता छ,’ उनले भनिन् ।

ल्याबमा सम्पूर्ण प्रकारका रक्त परीक्षण सेवा उपलब्ध रहेको उनले जानकारी दिइन् । ‘सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

You might also like
Comments
Loading...