एलायन्स क्लब अफ काठमाडौं सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन

काठमाडौं । एसोसिएसन अफ एलायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट १०२३ नेपाल अन्तर्गत एलायन्स क्लब अफ काठमाडौं सिटीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरणबाट वर्ष २०२२–२३ का लागि क्लब प्रेसिडेन्टमा सुवर्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् ।

क्लबका २०२१÷२२ अध्यक्ष गुणा सिलवालले यस वर्षका अध्यक्ष श्रेष्ठलाई पद हस्तान्तरण गरेकी हुन् ।

प्रथम भाइस प्रेसिडेन्टमा प्रितिमा आचार्य, द्वितीय भाइस प्रेसिडेन्टमा दिया देबकोटा, क्लब सचिवमा वीरबहादुर बम्जम, क्लब कोषाध्यक्षमा बिक्रम सिंह गुरूङ चयन भएका छन् ।

कार्यक्रम निबर्तमान डिष्ट्रिक्ट गर्भनर नन्दराज पोखरेलको प्रमुख आतिथ्यतामा काठमाडौँको अनामनगरस्थित कार्निभल क्याफेमा सम्पन्न भएको हो । डिष्ट्रिक्ट गभर्नर राहुल रेग्मीले एलायन्स क्लबबारे तथा आगामी वर्ष २०२२÷२३ को कार्यक्रमबारे मन्तब्य राखेका थिए । कार्यक्रममा डिष्ट्रिक्ट फस्ट भिडिजी धना आचार्य, सेकेण्ड भिडिजी सुस्मा कोइराला, थर्ड भिडिजी भिकेस ठकुरी लगायतले बोलेका थिए ।

You might also like
Comments
Loading...