डिभिमा आधारित ‘अम्रिका’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गायक सुधन गैरे र गायिका मेलिना राईको युगल गायनमा समावेश ‘अम्रिका’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा शब्द दिग्गज धौरालीको रहेको छ भने संगीत सुवास भुषालको रहेको छ । गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।

प्रेमिल शैलीको यस गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको प्रेम र रोमान्स मिश्रित अभिनय रहेको छ । पवन सुस्लिङले छायांकन गरेको यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो ।

‘अम्रिकामै बसेर घरजम गरौँला…’, ‘मेरा केही शर्त छन् गर पूरा…’, ‘तिमीतिरै यो मन छोडिदिए…’, लगायत बोलका गीत म्युजिक भिडियामा समावेश गरिएको छ । भिडियो गायक गैरेको युट्युब च्यानल ‘एसजी मेलोडी’मार्फत् सार्वजनिक भएको हो ।

गायक गैरे लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।यसअघि गायक गैरेको स्वरमा रहेको ‘उडी जाने जेट’, ‘माया किन मोडियो’, ‘सानी’ बोलको म्युजिक भिडियो स्रोतामाझ आइसकेका छन् ।

डिभी परेर अमेरिका जाने सपना बोकेको प्रेमिल जोडीको रमाइलो कथामा यो म्युजिक भिडियो आधारित रहेको छ ।

You might also like
Comments
Loading...