बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारमा १० प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको डेबिट क्रेडिट कार्ड स्वीप तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने भएको छ ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकिय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

You might also like
Comments
Loading...