अन्नपूर्ण केवलकार पोखराको फ्रि सटल बस सेवा संचालन

पोखरा । अन्नपूर्ण केवलकार पोखरा प्रा।लि।ले केवलकार चढ्ने यात्रुलाई लक्षित गरी सटल बस सञ्चालनमा ल्याएको छ । निशुल्क सञ्चालन गरिएको सो बस सेवा बिहान साढे चारबजेबाट साँझ चार बजेसम्म सञ्चालन गरिने प्रालिले जनाएको छ ।

सूर्योदय अवलोकन गर्ने यात्रुकालागि बिहान साढे ४ बजेबाट नै बस सञ्चालन गर्न लागिएको महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए । केवलकारले जारी गरेको तालिका अनुसार सूर्योदयका लागि बिहान चार बजेर २५ मिनेटमा बस फिस्टेल गेट, चार बजेर ३० मिनेट जाँदा अम्बोट, चार बजेर ३५ मिनेट जाँदा गौरीघाट र चार बजेर ४० मिनेट जाँदा बाराही चोकबाट छुट्ने बताइएको छ ।

यसैगरी चार बजेर ४५ मिनेट जाँदा सेन्टर पोइन्टचोक, चार बजेर ५० मिनेट जाँदा हल्लनचोक हुने ५ बजेर १० मिनेटमा केवलकारको बटम स्टेशनमा आईपुग्ने केवलकारले जनाएको छ । सूर्योदय अवलोकन पश्चात फर्किने यात्रुलाई सेवा दिएपछि उक्त सटल बस पुन ८ बजेर ३० मिनेटबाट साँझ ४ बजेसम्म सुचारु गरिने पनि प्रालिले जनाएको छ । अन्नपूर्ण केवलकारले यात्रुको सहजतालाई मध्यनजर गरी निशुल्क बस सञ्चालनमा ल्याएको हो महाप्रबन्धक पौड्यालले भने केवलकार यात्रा गर्न चाहनेले उल्लेखित स्टेशनबाट बस सेवा लिन सक्नेछन् ।

बिहानी तथा दिउसोको यात्रा रुट अन्तर्गत हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृह चोक हुदै न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल नयाँबजार र पृथ्वीचोक रहने प्रशासक प्रमुख अरुण कोइरालाले जानकारी दिए । यसैगरी सो बस एयरपोर्ट, विरौटा, डेभिड फल्सबाट पून विरौटा हुदै ड्यामसाइड, राष्ट्रबैैक चोक, फिस्टेलगेट, गौरीघाट, बाराही चोक, सेन्टरप्वाइन्ट, हल्लनचोक हुदै केवलकारको बटम स्टेशन आउने मुख्य प्रशासक कोइरालाले बताए ।
गत फागनु ६ गतेबाट सेवा सञ्चालनमा ल्याएको केवलकारले आन्तरिक तथा बाह्य पर्यटककालागि सूर्योदय र सूर्यास्त अवलोकनलाई मध्यनजर गरी बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सेवा सञ्चालन गरिरहेको छ । फेवाताल किनार सेदीबगरबाट सराङकोटसम्मको साढे दुई किलोमिटरको यात्रा १० मिनेटमा नै तय गर्न सकिनेछ ।

नेपाली यात्रुका लागि विभिन्न छुट दिदै आएको केवलकार प्रालिले विद्यार्थी र जेष्ठ नागरिकका लागि २५ प्रतिशत, शारीरिक तथा बौद्धिक अपांगता भएकालाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यसैगरी ऋण तथा बचत सहकारी संस्थाका पदाधिकारी एवमृ कर्मचारीलाई १० प्रतिशत र बुद्द तथा यती एयरबाट काठमाण्डौं पोखरा यात्रा गर्ने यात्रुलाई बोर्डिङ पासको आधारमा १२ प्रतिशत छुटको व्यवस्था गरेको छ । बुद्द र यति एयरबाट यात्रा गरेको पाँच दिन भित्र बोर्डिङ पाससहित आएमा १२ प्रतिशत छुट पाइने बताइएको छ । महाप्रबन्धक पौड्यालले भने “यति एयरलाईनको स्काई क्लव कार्डमा पनि छुटको व्यवस्था गरेका छौं ।”

You might also like
Comments
Loading...