अपेन ललितपुर शाखाको अध्यक्षमा मुना श्रेष्ठ निर्वाचित

ललितपुर । एसोसिएसन अफ प्रि-स्कुल एडुकेटर्स नेपाल (अपेन) ललितपुर महानगरपालिका शाखाको अध्यक्षमा मुना श्रेष्ठ निर्वाचित भएकी छन् ।

हालै सम्पन्न दोस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ किड्जी प्रि-स्कुल सानेपाकी प्रिन्सिपल हुन् । अपेन ललितपुर महानगरपालिकाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्णप्रति श्रेष्ठले आभार व्यक्त गरेकी छन् । प्रि-स्कुलहरुको हकहितका क्षेत्रमा आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

त्यस्तै, समितिको उपाध्यक्षमा शिवा लम्साल, सचिवमा इन्दिरा केसी, कोषाध्यक्षमा लिला लिम्बू चयन भएका छन् ।त्यसैगरी अपेन गोदावरी नगरपालिकाको संयोजकमा पविन थापा चयन भएका छन् ।

सदस्यमा बाबुराम महर्जन, देविका नेपाली, हेमा महर्जन र ऋतु महर्जन छन् । वाग्मती प्रदेश अध्यक्ष एव अपेनका केन्द्रीय सदस्य कृष्ण बोहोराको आतिथ्यतामा कार्यक्रम भएको हो ।

You might also like
Comments
Loading...