‘मेरोअटो मोटर र्याली’ सम्पन्न

काठमाडौं । अटोमोटिभ्स मिडिया प्रालिको आयोजनामा दोस्रो संस्करणका ‘मेरोअटो मोटर र्याली’ सम्पन्न भएको छ । ।शुक्रबार सुरु भएको र्याली शनिबार सकिएको थियो ।

काठमाडौंको बत्तिसपुतलीबाट सिन्धुलीको मुलकोटसम्म सय किलोमिटरको दुरीमा र्याली भएको प्रालिका अध्यक्ष सागर गजुरेलले जानकारी दिए । ‘ट्राफिक सचेतना कार्यक्रमसहित आयोजित र्याली हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यावसायिक नेटवर्किङ विस्तारको लागि सहयोगी भएको विश्वास गरेका छौं,’ उनले भने ।

करिब ५० वटा गाडीमा सय भन्दा बढी सहभागितहरुका बीचमा र्याली सम्पन्न भएको छ । सडक सुरक्षा तथा पर्यटन प्रवद्र्धनमा र्याली सहयोगी भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । ड्राइभ गर्दा पहिलो प्राथमिकता सुरक्षामा हुनुपर्ने नाडाका निबर्तमान अध्यक्ष कृष्णकुमार दुलालले बताए । अटो पत्रकार संघका अध्यक्ष उज्वल जंग शाहले अटो पत्रकारिता गरिरहेको सञ्चार माध्यमबाट मोटर र्याली आयोजना हुनु राम्रो पक्ष रहेको धारणा राखे ।

मोटर र्यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गरेको थियो । इन एशोसिएशन विथ लक्ष्मी हुन्डाई र अग्नी इनकर्पोरेट गरेका थिए । र्यालीमा प्रयोजकमा रेनो, एमजी, सिप्रदी, जीप, इसुजु, भीडब्लू, प्रोटोन, आइएमइ जस्ता ब्राण्डले साथ दिएको प्रालिका निर्देशक उज्वल घिमिरेले जानकारी दिए ।

बैंकिङ पाटनर सिटिजन्स बैंक, बेभरेज पाटनर आइसबर्ग, इन्स्योरेन्स पाटनर अजोड इन्स्योरेन्स, ल्यूब पाटनर नेपाल ल्यूव आयल र इन्टरनेट पाटनर डिसहोम फाइबर नेट रहेका थिए ।

You might also like
Comments
Loading...