काठमाडौं महानगरमा बालेन साहले कटाए ४० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार काठमाडौं महानगरमा १ लाख १२ हजार ४ सय ४२ मत गन्दा साहले ४० हजार ३ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत पाप्त गरेका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७ सय ४९ मत पाप्त गरेकी छन् ।

कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ६ सय ५४ मतले अगाडि छिन्।

You might also like
Comments
Loading...