पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबै पत्रकार सक्षम भएर आउनु पर्छ : बालकृष्ण बस्नेत

पत्रकारिता क्षेत्रमा अगाडि बढ्न सबै पत्रकारले सक्षम भएर आउनु पर्ने प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए ।

सञ्चारिका समूहले आयोजना गरेको ‘पत्रकार महिलाको सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै बस्नेतले पत्रकार महिला सक्षम हुँदाहुँदै पनि महिला भएकै कारण हिंसा खेप्नु पर्ने र राम्रो अवसर नपाउनु समस्या भएको बताए ।

उनले भने, ‘हामीले समस्याको समाधान गर्न पर्छ । प्रेस काउन्सिलमा पर्ने उजुरीमा पनि बढि महिला भएकै कारण बढि आक्रमणमा पर्ने गरेका छन् । नक्कली फेसबुकबाट र युट्युबबाट गर्ने हिंसामा कारबाही गरेको बताए ।’

त्यसै गरि कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले कोरोनाबाट जागीर छुट्नेमा पनि पत्रकार महिला रहेको बताइन् ।

उनले भनिन्, ‘महिलालाई धेरै असर गरेको छ । हामीले यसको सम्बोधन गर्छौं ।’ कार्यक्रममा पत्रकार महिलाले आफ्ना भोगाइ राखेका थिए । यिनै भोगाइलाई सम्बोधन गर्दै पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकार महासंघमा उजुरी नै कम पर्ने बताए ।

यहीँ भन्ने कुरा पनि हामीले समाधान गर्न सक्ने हुन्छन् तर आइपुग्दैन’, पोखरेलले भने, ‘ कति कुरा नभनेका कारण समस्या बनेका छन् । हामी गोपनियता कायम गरेर समाधानको प्रयास गर्छौं ।’

कार्यक्रममा पत्रकार दिपा दाहालले आफ्ना भोगाई राखेकि थिइन् । उनले आफुले राम्रो काम गर्दा गर्दै पनि महिला भएकै कारण धेरै कुरा भोग्न परेको बताइन् । भनिन्, ‘जब काममा महिलाबाटै थ्रेट फिल गर्छ्न् अनि समाचार कक्षमै खुम्च्याउने प्रयास गरिन्छ ।’

त्यसैगरि कार्यक्रममा पत्रकार रामकला खड्काले समाचार कक्षमा प्रयोग गरिने भाषा, सवारीसाधन लगायतका समस्या पत्रकार महिलालाई बढि हुने बताइन् ।

कार्यक्रममा सुधा देव, मेनुका बस्नेत, चाँदनी आचार्य, कविता श्रेष्ठ, बसन्ता भट्ट लगायतले पत्रकार महिलाको समस्या र सुरक्षामा आफ्ना अनुभव भनेका थिए ।

पत्रकार महिलाको समस्या सुनिदै आएको र अब समाधानमा काम गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको सञ्चारिका समूहका महासचिव वसन्ती बास्तोलाले बताइन् । उनले भनिन् ‘अब समस्या सुनेर समाधान गर्ने उपाए खोज्नेछौं।

You might also like
Comments
Loading...