बतास व्रदर्शमा सुजुकी गाडी खरिद गर्दा विशेष छुट

पोखरा । सुजुकी गाडीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रा.लि.ले भ्यालेनटाइनको अवसरमा विशेष छुट अफर ल्याएको छ । प्रालिले एक महिनासम्म जारी रहने गरी अफर ल्याएको सिओओ राजेश रानाभाटले जानकारी दिए ।

अफर अवधिभर सुजुकी गाडी खरिदमा ग्राहकले २ लाख ५० हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने प्रवन्धक नवराज अधिकारीले जानकारी दिए । त्यस्तै, एक वर्षको इन्स्योरेन्स शुल्क सडक करमा पनि छुट प्रदान गरिने उनले बताए ।

‘ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै अफर ल्याएका हौं,’ उनले भने, ‘अफर अवधिभर सुजुकी गाडी खरिद गरेर विशेष लाभ लिन सक्नुहुनेछ ।’

पोखरा क्षेत्रमा सुजुकी गाडी निकै लोकप्रिय रहेको सिओओ रानाभाटले बताए ।

You might also like
Comments
Loading...