वाणिज्य बैंकका ऋणीले अब लघुवित्तबाट ऋण लिन नपाउने

काठमाडौं । अब वाणिज्य बैंकका ऋणीले लघुवित्त संस्थाबाट ऋण लिन नपाउने भएका छन् ।बैंकले जारी गरेको निर्देशन अनुसार राष्ट्र बैंकबाट क, ख र ग वर्गको बैंकको इजाजत प्राप्त संस्थाबाट ऋण लिएका ऋणीले अब घ वर्गको लघुवित्त संस्थाहरूबाट ऋण लिन नपाउने भएका हन् ।

बुधबार लघुवित्त संस्थाका लागि जारी गरेको राष्ट्र बैंकको एकीकृत निर्देशन, २०७८ संशोधन गर्दै सो व्यवस्था ल्याएको हो । साथै, एउटा व्यक्तिले एउटा लघुवित्तबाट मात्र कर्जा सुविधा पाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

‘ बिना धितो सामुहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटामात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नु पर्नेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् ।  ’

अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए / नलिएको सम्बन्धमा ऋणीले स्वघोषणा गर्नुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकिन गर्नुपर्ने बैंकले जनाएको छ ।

You might also like
Comments
Loading...