भरतपुर महानगर : रेनुको अग्रता, एमालेका सुवेदी ३ सय २३ मतले पछाडि

 

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ । रेनुले यो समाचार तयार पार्दासम्म सात हजार तीन सय ५१ मत प्राप्त गरि अग्रता कायम राखेकी छन् ।

भरतपुरमा अहिलेसम्म २१ हजार पाँच सय ९२ मतगणना हुँदा दाहाल तीन सय २३ मतले अघि छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले सात हजार २८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार पाँच सय ६२ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार २ सय ४८ मतसहित अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी उम्मेदवार हिमला गुरुङले पाँच हजार आठ सय तीन मतसहित पछ्याइरहेकी छन् ।

You might also like
Comments
Loading...