जनता भेटघाटमा व्यस्त उम्मेदवार विद्या ढकाल

तनहुँ । उम्मेदवार विद्या ढकालले जनतासँगको भेटघाटलाई तिव्रता दिएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा ढकालले तनहुँ क्षेत्र नं. १ (क) बाट प्रदेश सभा सदस्यका लागि नेकपा (एस) को तर्फबाट उम्मेदवारी दिएका छन् ।

कलम चिह्नमा मतदान गरी आफुलाई विजयी बनाउन उनले मतदातासँग आग्रह गरेका छन् । ढकालले शनिबार भानु नगरपालिकाको वडा नं १३ र वडा नं २ का जनतासँग भेटघाट गरेका छन् ।

आफु सधैं जनतासँगै रहेको भेटघाटका क्रममा उनले बताए । सुशासनको पक्षमा र भ्रष्टाचार तथा कमिसनतन्त्रको विरुद्ध आफ्नो उम्मेदवारी रहेको ढकालले बताए ।

राजनीतिमा देखिएको विकृति र विसंगतीको मूख्य कारण धनवाद र डनवाद भएकाले ती प्रवृत्तिका विरुद्ध जीवन पर्यन्त लडिरहने प्रतिवद्धता ढकालले व्यक्त गरेका छन् ।

You might also like
Comments
Loading...