राजनीतिक विकृति र विसंगतिविरुद्ध मेरो उम्मेदवारी : ढकाल

तनहुँ । नेकपा एकीकृत समाजवादीका नेता विद्यानाथ ढकालले राजनीतिक विकृति र विसंगतिविरुद्ध आफूले प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।

मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि ढकालले तनहुँ क्षेत्र नं. १ ‘क’बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । मंगलबार भानु १ भन्सारमा आयोजित एक कार्यक्रममा बोल्दै ढकालले नेपालको राजनीति गलत बाटोबाट अगाडि बढिरहेकोप्रति चिन्ता व्यक्त गरे ।

‘राजनीतिलाई सही बाटोमा अगाडि बढाउन मैले उम्मेदवारी दिएको हुँ ।’ कलम चिह्नमा मतदान गरी तनहुँ क्षेत्र नं. १ ‘क’का जनताले आफूलाई विजयी गराउनेमा विश्वस्त रहेको ढकालले बताए ।

राष्ट्रियता र जनताका पक्षमा काम गर्ने र भ्रष्टाचारविरुद्ध खबरदारी गर्न आफू विजयी हुनुपर्ने ढकालले बताए ।

You might also like
Comments
Loading...