नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने

काठमाडौं । नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुने भएको छ । चितवन र नवलपरासीलाई जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माण हुने भएको हो ।

सडक विभागका अनुसार निर्माण हुने पुलको कुल लम्बाइ चार सय मिटर र चौडाइ चार लेनको हुने छ । विभागका अनुसार नारायणी नदीमा अहिलेको पुलको समानान्तर हुने गरी सिग्नेचर पुल’ निर्माण गर्न लागिएको छ ।

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणी नदीमा रहेको पुल ४१ वर्ष पुरानो भई जीर्ण हुँदै गएकोले नयाँ पुल निर्माण गर्न लागिएको जानकारी दिए ।

सो कामका लागि ठेक्काको बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । सो काम डिजाइन एन्ड विल्ड’ निर्माण प्रणालीको आधारमा बोलपत्र आह्वान गरिने भएको छ ।

२०३८ सालमा नारायणी नदीमा निर्माण भएको अहिले को पुलको आयु ७० वर्ष तोकिएको थियो । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने महानिर्देशक थापाले बताए ।

You might also like
Comments
Loading...