बुटवलमा सिल तोडिएको मतपेटिका भेटिएपछि मतगणना रोकियो

काठमाडौं । बुटवलमा सिल तोडिएको मतपेटिका भेटिएपछि बुटवल उपमहानगरपालिको मतगणना रोकिएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ को मत गणनाका क्रममा बक्सा पहिले खोलिएको र सिलबन्दी कपडाभित्र स्वस्तिक छाप भेटिएपछि मतगणना रोकिएको हो ।

१६ हजार मतदाता रहेको यो वडामा साढे १० हजार मत खसेको छ । सबैको चासो र ध्यान केन्द्रित रहेको बुटवल -११ को मतगणना अहिले रोकिएको छ ।

च बुथको दोस्रो बक्साको ४१३५३८ को बक्सा लक तोडिएको अवस्थामा भेटिएको र बक्सा सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकोले रहस्यमय भएको नेकपा एमालेको सो वडाका अध्यक्ष दिननाथ भट्टराईले बताए ।

मतपेटिका खोल्ने क्रममा सिल चुँडिएको भेटिएपछि मतगणना रोकिएको र सिल चुँडिएको भए पनि सिल मतपेटिकाको कपडामा भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले बताए ।

वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

You might also like
Comments
Loading...