एमालेबाट वडाध्यक्ष बनेका उम्मेदवार चौधरीको निधन

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।

नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका चौधरीकोे  काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए ।

बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित छन् । यसअघि उनी तुलसीपुर-१७ को वडा सदस्यमा निर्वाचित भएका थिए ।

चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका हुन् । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

You might also like
Comments
Loading...