उच्च अदालत दिपायलद्वारा सांसद चौधरीको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । उच्च अदालत दिपायलले जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीको पुनरावलोकन निवेदनमा सुनुवाइमा कारण देखाउ आदेश जारी दिएको छ ।

उच्च अदालतका न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले चौधरीलाई जेल चलान गर्नुको कारणसहित जवाफ दिन विपक्षी कैलाली जिल्ला अदालत समेतका नाममा आदेश जारी गरेको हो।

यस्तै, निवेदनमा माग गरिएअनुसार अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि अदालतले गरेको छ।

बिहीबार पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतले शुक्रबार चेल चलान गरेको थियो ।आफूलाई दोषी ठहर गर्ने फैसला बदर हुनुपर्ने र आफूलाई रिहा गरिनुपर्ने मागदाबीसहित चौधरी पक्षले उच्च अदालत दिपायलयमा पुनरावलोकन निवेदन दिएका थिए ।

कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनी लगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगोसहित ६ महिना कैदको फैसला सुनाएको थियो।

सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएका चौधरीलाई प्रहरीले बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको थियो।

You might also like
Comments
Loading...