शुक्ला गण्डकीको मेयरमा एकीकृत समाजवादीको दावी, थापा सिफारिस

तनहुँ । शुक्ला गण्डकीको मेयरमा नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता चित्र थापा सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टीको नगर कमिटिको बैठकले थापालाई मेयरमा सिफारिस गरेको हो ।

शुक्ला गण्डकीमा पार्टी बलियो रहेको र सहकार्य गर्दा शुक्ला गण्डकीमा आफूहरुले प्रमुख पद पाउनुपर्ने पार्टीको माग छ ।

नगर कमिटिको पूर्ण बैठकबाट मेयरमा थापालाई सर्वसम्मत सिफारिस गरिएको नगर कमिटि अध्यक्ष दुर्गा कुमार श्रेष्ठले जानकारी दिए । थापा पार्टी केन्द्रीय सदस्य हुन् ।

You might also like
Comments
Loading...