हैजा भनेको के हो? यस्ता छन् लक्षण र उपचार

काठमाडौं । पछिल्लो समयमा काठमाडौंमा हैजाका बिरामी बढ्दै गइरहेका छन् ।काठमाडौंमा अहिलेसम्म १२जनामा हैजा पुष्टि भइसकेको छ । सरकारले पनि काठमाडौं उपत्यकामा हैजाका बिरामी बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तकता अनाउन आग्रह समेत गरेको छ ।

हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुुगमन गर्ने भएको छ । त्यस्तै सरकारले वडा र विद्यालयमा सचेतना कार्यक्रम गर्ने भएको छ । साथै स्थानीय प्रशासनले समेत हैजा नियन्त्रणका लागि कडा नियम ल्याउन लागेका छन् । भक्तपुुर नगरपालिकाले हैजा नियन्त्रणको लागि पानीपुुरी चट्पट विक्रि गर्न बन्द गरेको छ भने काठमाडौंमा पनि नेपाल प्रहरीसँग सहकार्य गरी पानी पुुरी चट्पट विक्रिवितरणमा रोक लगाउने भएको छ । आज हामी तपाईलाई हैजा भनेको के हो ? अनि यसका लक्षण र बच्ने उपायहरुको बारेमा जानकारी दिन गइरहेका छौं ।

के हो हैजा ?
हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्देरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ ।दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा पनि किटाणु सर्ने सम्भावना हुन्छ। यसरी हैजा फैलन सक्छ। यो संक्रामक रोग भिब्रियो कलेरा विशेषगरी खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो। हात सफा नगरी खाना खाइयो। पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा किटाणु प्रवेश गर्छन्।मुख्य रुपमा हातको माध्यमबाट शरीरमा प्रवेश गर्छन् भने खानेकुरामा फोहोरमैला, झिगाँ परेको खानेकुरा खायो भने हैजा हुनेगर्छ।

लक्षण
हैजा हुदाँ ग्याष्ट्रोएन्टेराइटिस हुनेगर्छ। यसले गर्दा बान्ता हुने, लुज मोसन हुने, लुज मोसन हुदाँ चौलानी पानी जस्तो पखाला हुनेगर्छ। तर, पेट दुख्दैन।एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जलबियोजन हुन्छ। जलबियोजन भयो भने अन्य अंगमा समेत असर हुन्छ।

अर्को व्यक्तिमा सर्ने माध्यम
हैजा संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ। संक्रमित व्यक्तिको दिसा पिसाब जथाभावी फाल्नु हुँदैन।हामीले खानेपानी सुरक्षित छ छैन जाँचेर मात्र पिउनुपर्छ। जारको पानी, बोतलको पानी सफा छ भने मात्र खानुपर्छ। घरमा पनि पानी उमालेर मात्र पिउने गर्नाले अरु जीवाणु पनि नष्ट हुने गर्छन्। हामीले खानेपानीको साथसाथै पर्सनल हाइजिनमा विषेश ध्यान दिनुपर्छ।

खाना खानु भन्दा अघि राम्रोसँगं हात धुने र दिशा पिसाब गरिसकेपछि साबुन पानीले राम्ररी हात सफा गरेमा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन्। जसले गर्दा संक्रमणको जोखिम कम हुन्छ।

उपचार
हैजाको लक्षण कसैलाई जटिल र सामान्य देखा पर्छ।खानसक्ने व्यक्तिहरुलाई जीवनजल दिन सकिन्छ, यस्तो बेलामा जतिसक्दो पुर्नजलीय झोल खाने, स्वास्थ्य सुधारको लागि अस्पतालमै बस्ने गरियो भने निको हुन्छ।

पखाला हुदाँ कतिपटक दिसा भयो। कति पटक वान्ता भयो, कस्तो औषधि प्रयोग गरिरहेको छ भनेर हस्पिटल गइहाल्नु पर्छ।

हैजा हुनुको कारण के हो खाना खाएर भएको हो कि ? दूषित पानीको कारणले भएको हो पत्ता लगाएर मात्र उपचार गरिन्छ। सबै कुरा हेरेपछि चिकित्सकले परीक्षण गरेर उपचार सुरु गरिन्छ।

बिरामीको अवस्था हेरेर सिरियस डिहाइड्रेसन छ, खान सक्दैन बान्ता हुन्छ भने त्यस्तो व्यक्तिहरुलाई लिक्युड फुड दिएर उपचार गरिन्छ।सबै अस्पतालमा हैजाको उपचार हुन्छ, कतिपय सरकारी अस्पतालमा निःशुल्क उपचार पनि हुने गरेको छ।

यदि समयमै उपचार गरिएन लामो समय जलबियोजनको अवस्था आयो भने किड्नी ड्यामेज हुने, किड्नीले काम गर्न नसक्ने साथै अन्य गम्भीर प्रकारका रोग देखा पर्छन्।

 

 

 

You might also like
Comments
Loading...