३३९ तहको मत परिणाम सार्वजनिक, १५३ स्थानमा कांग्रेसको जित

 

काठमाडौं । यतिबेला वैशाख ३० गते सम्पन्न देशभरका पालिकाहरुको मत परिणाम आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म ३३९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा १५३ स्थानमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ भने, एमाले १०२ स्थानमा विजयी भएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले ७६ पालिकामा जित हासिल गरेको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले ३ र नेकपा एकीकृत समाजवादी पार्टी ५ पालिकामा विजयी भएको छ ।

यस्तै, १४७ स्थानमा कांग्रेस अग्रस्थानमा रहेको छ भने, एमाले १०२, माओवादी ७८, जसपा नेपाल ४ र नेकपा एस १० पालिकाको अग्रस्थानमा रहेको छ ।

 

You might also like
Comments
Loading...