भरतपुर अपडेट : रेनुको अग्रता, सुवेदी दुई हजार बढी मतले पछाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् ।

यो समाचार तयार पार्दासम्म दाहालले ११ हजार २८८ मत ल्याएर अग्रता कायम राखेकी छन् । दाहालको मत एमालेका विजय सुवेदीको भन्दा २०५८ मत बढी छ । एमालेका सुवेदीले हालसम्म ९ हजार २३० मत पाएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३१ मत पाएका छन्। भरतपुरमा अहिलेसम्म ३० हजार ७४८ मतगणना भएको छ। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४६० र राप्रपाकी हिमला गुरुङले ७ हजार ४६० मत पाएकी छन् ।

You might also like
Comments
Loading...