विश्व प्रशिद्ध कोलम्बिया कंक्रिट ब्लक, पेभर मकिङ मेसिन नेपालमा

काठमाडौं इन्फ्रा सोलुसन आधिकारिक बिक्रेता

काठमाडौं । कन्स्ट्रक्सन, कंक्रिट र इण्डष्ट्रियल मेसिन तथा इक्युपमेन्टको काम गर्दै आएको कम्पनी काठमाडौं इन्फ्रा सोलुसन प्रा.लि.ले कोलम्बिया कंक्रिट ब्लक मेसिनको बिक्री वितरण सुरु गरेकोे छ । अमेरिकाको विश्वप्रशिद्ध कंक्रिट ब्लक÷पेभर मेकिङ मेसिन कोलम्बिया मेसिन इन्जिनियरिङ (ईन्डिया ) प्राइभेट लिमिटेडको आधिकारिक बिक्रेता बनेर प्रा.लि.ले कोलम्बिया ब्लक पेभर मकिङ मेसिनलाई नेपाली बजारमा भित्र्याउन सफल भएको हो ।

विश्व प्रशिद्ध ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाउँदा खुसी लागेको प्रा.लि.का प्रवन्ध निर्देशक कमल कार्कीले बताए । यो मेसिनले विश्वस्तरीय विभिन्न कंक्रिटका उत्पादनहरु जस्तो हलो सलिड ब्लक, ब्रिक पेभर, फ्लाइ एस ब्रिक, कर्भ स्टोन, रिटेनिङ वाल ब्लक लगायतका दस भन्दा बढी विभिन्न बस्तुहरु उत्पादन गर्छ । यो मेसिनमा प्रति दिन ८ घन्टामा ४५ सयदेखि ३० हजार युनिटसम्म उत्पादन क्षमता छ ।

अमेरिकाको कोलम्बिया राज्यको भेन्कोभर, पोल्याण्ड, ब्राजिल र एसियाको गुजरात भारतमा मेसिन उत्पादन हुँदै आइरहेको छ । कोलम्बिया अमेरिकाको शतप्रतिशत स्वामित्वमा रहेको यो मेसिन विश्वभर प्रशिद्ध छ । यसले विश्वको सबै प्रकारका गुणस्तरीय मान्यताहरु प्राप्त गरेको कम्पनीले जनाएको छ । हाल नेपालमा यो मेसिन ३ वटा भित्रिएको कार्कीले जानकारी दिए । प्रा.लि.ले मेसिनलाई नेपाल भरको बजारमा पुग्ने गरी बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

प्रा.लि.ले कोलम्बियाकै अर्को उत्पादन कोलम्बिया पेलेटाइजर सहित भाइब्रेन्ट कन्स्ट्रक्सन इक्युपमेन्ट हैदरावादका आस्फाल्ट सम्बन्धी सम्पूर्ण मेसिनहरु तथा आरएमसी रेडिमिक्स कंक्रिट ब्याचिङ प्लान्ट, क्रसर तथा मिक्स्चरहरुको बिक्री वितरण गर्दै आइरहेको छ ।

साथै, काठमाडौं इन्फ्रा सोलुसनको भगिनी संस्था काठमाडौं डिजल कन्सर्नले विश्व प्रशिद्ध अमेरिकन साउण्ड ग्रुप जेनेरेटर कमिन्स ज्याक्सनको पनि बिक्री वितरण बिगत १५ वर्षदेखि गर्दै आइरहेको छ ।

निकट भविष्यमा काठमान्डौं इन्फ्राले नेपालको समग्र उत्पादनमुखी उद्योग क्षेत्रलाई समेट्ने विभिन्न मेसिनहरु पनि उपलब्ध गराउने तयारीमा छ ।

You might also like
Comments
Loading...