२० थान कम्प्युटरसहित ल्याव हस्तान्तरण

तनहुँ । रोटरी क्लब पोखरा फिस्टेल र रोटरी क्लब दमौली को संयुक्त व्यवस्थापनमा मध्य नेपाल नगरपालिका वडा नं ४ मा रहेको श्री भैरवकाली मा.वि लाई २० थान कम्प्युटर सहितको ल्याव हस्तान्तरण गरिएको छ ।

इड्यु टेच नेपाल र रोटरी क्लब चारलोटेसीभाईल अमेरिकाको सहयोग र सोही स्कुलको समेत लगानीमा करिब १२ लाख मुल्य बराबरको कम्प्युटर ल्याब स्थापना गरी आज स्कुललाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब दमौलीका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लब पोखराका पूर्व अध्यक्ष एवं रोटरी डिष्ट्रिक अफिसर रो विनोद कोइरालाले रोटरीले शिक्षा क्षेत्रलाई उज्यालो बनाउनुपर्ने र कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस भन्दै यस कार्यक्रमले विद्यार्थीको आधुनिक शिक्षालाई सिकाइको माध्यम बन्न सहज हुने विश्वास व्यक्त गरे।

रोटरीको अभियानमा सम्बन्धित विद्यालयको पनि जिम्मेवारी महत्वपूर्ण भएको र प्राप्त सामग्रीको सहि सदुपयोग गर्न उनले अनुरोध गरे । कार्यक्रममा रोटरी क्लब पोखरा फिस्टेल का पूर्व अध्यक्ष लक्ष्मी थापाले सहयोगी संस्थासंग समन्वय गरी हस्तान्तरण गरिएको यो ल्यावले बाहिर गएर महङ्गो शुल्क तिरेर लिनुपर्ने कम्प्युटर शिक्षा माध्यमिक तहबाट नै शिक्षा लिनलाई सहज बनाइएको बताइन् । त्यसै क्रममा रोटरी क्लब अफ दमौली का पूर्व अध्यक्ष हरि सिं गुरुङले बालबालिकाको बौद्धिक विकासका लागि र वैज्ञानिक शिक्षा प्रणाली लाई समेत आजको आवश्यकता नै कम्प्युटर शिक्षाको क्षेत्रमा रहेको र सहि तवरले यसको महत्व बुझाउन बिषयगत शिक्षकहरूलाई अनुरोध गरे । समय सापेक्ष कम्प्युटर शिक्षाको परिधी फराकिलो बन्दै गएको’छ र हरेक बालबालिकालाई जानकारी एवं खोजमुलक अध्ययनको माध्यम बनेको छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा हरेक समस्याको समाधान गर्ने सजिलो र सरल माध्यम बनेको छ तसर्थ आफु मात्र नभएर आफ्नो नजिकका समुहलाई पनि यो विज्ञान सिकाउन उनले अनुरोध गरे । क्लवका पूर्व अध्यक्ष देव कुमार श्रेष्ठले आफुले क ख रा पढ्न शुरू गरेको विद्यालयमा यो महान सहयोग प्रदान गर्न सफल भएकोमा सहयोगी अन्तराष्ट्रिय रोटरी क्लब र व्यवस्थापनमा सहयोग गर्नु हुने क्लवप्रती धन्यवाद व्यक्त गरे साथै आफुले पनि यस विद्यालयमा आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक हरिश चन्द्र लम्सालले स्वागत मन्तब्य राख्दै यो महान सेवा सहयोगको लागि सबैलाई धन्यवाद दिए । यस प्रकारको कम्प्युटर ल्याबले विद्यार्थीको पढाईको माध्यम सरल बन्ने छ र हामी शिक्षकहरूलाई पनि थप जिम्मेवारी र उर्जा थपिएको महशुस हुनेछ भन्दै यसको संरक्षणमा कुनै पनी कमी कमजोरी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण श्रेष्ठले सहयोगी मनहरुलाई धन्यवाद दिदै समितीको अध्यक्षको हैसियतले म र मेरो समितीको पनि उत्तिकै जिम्मेवारी छ र त्यस जिम्मेवारी निभाउने बताए। कार्यक्रमका सभापति एंव रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेश कुमार श्रेष्ठले आफुले स्कुल जिवनमा गरेका अविष्मरणीय क्षण सम्झदै आज एक सामाजिक अन्तराष्ट्रिय रोटरी क्लव दमौली को अध्यक्षको जिम्मेवारी पुरा गर्न सकेकोमा र पूर्व विद्यार्थीको समेत भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे। ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल मन्त्रको अनुसरण भएको महशुस गरेको छु र रोटरी को यो निस्वार्थ सेवा निरन्तर चलिरहने छ । रोटरी क्लब फिस्टेलका पूर्व अध्यक्ष विनोद कोइराला र पूर्व अध्यक्ष लक्ष्मी थापाको अथक प्रयास र सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

ईड्यु टेक नेपालका निर्देशक आकाश दासको प्राविधिक सहयोगमा उक्त कम्प्युटर ल्याव स्थापना गरिएको हो। रोटरी क्लव दमौलीका पूर्व अध्यक्ष रजिन लाल श्रेष्ठले कार्यक्रममा उपस्थित सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथीहरू एवं सहभागीहरु शिक्षक विद्यार्थी एवं स्कुल व्यवस्थापन समितीलाई कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । उक्त कम्प्युटर ल्यव हस्तान्तरण कार्यक्रमको सत्र्चालन क्लवका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले गरेका थिए ।

You might also like
Comments
Loading...