कैलालीका तीन वडामा कांग्रेस विजयी

काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का बालकृष्ण डगौराले ६६० मत पाएका छन् ।

वडा २ को अध्यक्षमा कांग्रेसका विकास चौधरी एक हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका दयाशङ्कर चौधरीले ८५६मत पाएका हुन् ।

यसैगरी वडा ३ को अध्यक्षमा कांग्रेसकै सन्तराम चौधरी एक हजार १२ मतसहित विजयी भएका हुन् । उहाँ उक्त वडाको ‘भलमन्सा’को जिम्मेवारीमा पनि छन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका कैलाश चौधरी ७७३ मत पाप्त गरेको छ ।

विसं २०७४ को स्थानीय तहको चुनावमा यी वडाहरूमा माओवादीका उम्मेदवार विजयी भएका थिए । मतगणनाको पछिल्लो परिणामअनुसार गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजसमझ चौधरी तीन हजार चार मतसहित अगाडि छन् । उनलाई राप्रपाका होमबहादुर गुरुङले दुई हजार ६७८ मतसहित पछ्याइरका छन् ।

उपध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरी तीन हजार ५३ मतसहित अगाडि छन् । उनलाई राप्रपाका दुई हजार २५३ सहित पछ्याइरहेका छन् । नौ वडा रहेको गाउँपालिकाका बाँकी वडामा मत गणना जारी छ ।

धनगढी उपमहानगरपालिका १ को अध्यक्षमा कांग्रेसका सन्तोष मुडभरी एक हजार २६९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मुडभरीका निकटतम प्रतिद्वन्द्वी माओवादीका यदु सुनारले ५९६ मत प्राप्त गरेका छन् । वडाका अन्य चार सदस्य पदमा समेत कांग्रेसका प्रत्यासी विजयी भएका छन् । मुडभरी निवर्तमान वडाध्यक्षसमेत रहेका थिए ।

उपमहानगरपालिकाको २, ३, १८ र १९ वडाको मतगणना गए रातिदेखि जारी छ । उपमहानगरपालिकाको सात हजार ४७० मत गणना हुँदा प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले तीन हजार ३२९ मत प्राप्त गरेका हुन् । उनलाई कांग्रेसका प्रमुखका प्रत्यासी नृपबहादुर वडले एक हजार ८३६ मतसहित पछ्याइरहेका छन् ।

उपमहानगरको उपप्रमुखमा माओवादीका शान्ति अधिकारीले एक हजार ६२३ मत र एमालेकी कन्दकला रानाथारुले एक हजार३५३मत प्राप्त गरेका छन् । उपमहानगरपालिकाको झण्डै ५० हजार मतको गणना हुन बाँकी छ ।

कैलालीको गोदावरी र लम्कीचुहा नगरपालिका, जानकी र कैलारी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मतगणनमा आगाडि छन् । नेकपा ९एकीकृत समाजवादी०का प्रमुखका प्रत्यासी घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा आगाडि छन् ।

माओवादीका गौरीगङ्गा नगरपालिकाको प्रमुखमा र एमाले बर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदमा अगाडि रहेको छ । नागरिक उन्मुक्ति पार्टीको प्रमुखका प्रत्यासी जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिमा मतगणनामा अगाडि छन् ।

You might also like
Comments
Loading...