कांग्रेसले चुनावी घोषणापत्रमा माथि ओलीले गरेको टिप्पणीको जवाफ दिने

काठमाडौं ।नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ ।
नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको हो ।
मंगलबार नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् जवाफ दिन बताएका हुन् ।
‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।

You might also like
Comments
Loading...