कलाकार भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

काठमाडौं । पछिल्लो समयमा कलाकारहरुको राजनीतिकमा मोह बढ्दै गइरहेको छ । यही बैशाखमा स्थानीय चुनाव हुँदै छ त्यसकारण पछिल्लो समयमा नेपाली कलाकारहरु पनि राजनीतिक पार्टीमा प्रवेश गर्ने लहरै चलिरहेको छ ।

मंगलबार कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीमा प्रवेश गराउँदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् ।

You might also like
Comments
Loading...