नेपाल आइपुग्यो ५ देखि ११ वर्षका बालबालिकाले लगाउने २२ लाख फाइजर खोप

काठमाडौं ।  कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पाँचदेखि ११ वर्षका बालबालिका लागि २२ लाख डोज कोरोना विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ ।

पहिलो चरणमा २२ लाख ३ हजार २ सय मात्रामा फाइजर खोप आइतबार दिउँसो त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।

स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाले सो खोप आइतबार बेलुकीसम्म प्रदेश स्तरका खोप भण्डारण केन्द्रमा पठाउने तयारी रहेको जनाएको छ ।

You might also like
Comments
Loading...