बढ्न थाल्यो कोरोना संक्रमण

काठमाडौं । पछिल्लो दिन कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबार ३१ जना र मंगलबार १९ जनामा संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय संक्रमित छन् । आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको संक्रमणबाट ज्यान गएको छ ।

You might also like
Comments
Loading...