अटो डिलर व्यवसायीले बुझाए बर्तमान समस्या समाधान गर्न नाडालाई ध्यानाकर्षण पत्र

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको वर्तमान समस्याको समाधानका लागि आवश्यक पहलका लागि अटो आयातकर्ता कम्पनीका डिलरहरुले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई ध्यानाकर्षण गराएका छन् ।

नाडाको समेत सदस्य रहेका काठमाडौं उपत्यकामा रहेका स्वतन्त्र अटो डिलर व्यवसायीहरुले नाडा उपाध्यक्ष सुनिल रिजाललाई यस सम्बन्धी ध्यानाकर्षण पत्र समेत बुझाएका हुन् ।

हाल नाडा अध्यक्ष ध्रुव थापा पोखरामा रहेको कारण सो पत्र उपाध्यक्ष सुनिल रिजालले बुझेका थिए । उपाध्यक्ष रिजालले नाडा सदैव व्यवसायीकै पक्षमा रहेको र सबै एकजुट भएर आगामी दिनमा अगाडि बढ्ने बताएका छन् ।

सो समूहमा रहेका एक सदस्यका अनुसार आगामी मंसिर १५ गते देखि आवश्यक कार्य गर्नेगरी तयारी गर्न नाडालाई उनीहरुले आग्रह गरेका छन् ।

विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै सरकारले आगामी मंसिर २८ गते सम्मका लागि विभिन्न प्रकारका सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी, बैंकको ब्याजदर धेरै भएका कारण व्यवसायमा समस्या छ । उनीहरुले यी सबै समस्या समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गर्न वा आवश्यकता अनुसार आन्दोलन गर्नका लागि समेत आवश्यक तयारी गर्न आग्रह गरेको बताइएको छ ।यदि आफ्नो माग वेवास्ता गरे नाडा छोड्न समेत तयार रहेको उनीहरुको भनाइ छ ।

बैंकको बढ्दो ब्याज र अटोमोबाइल आयातमा लगाइएको प्रतिबन्धका कारण हाल गाडी आयातकर्ता कम्पनीहरुका साथै डिलरहरु समेत कठिन अवस्थामा छन् । यसका कारण कतिपय शोरुम नै बन्द भइसकेका छन् भने कतिपयले कर्मचारीलाई बिदा दिएका छन् ।

 

You might also like
Comments
Loading...