फर्पिङको जंगलमा दुई युवायुवती मृत फेला

काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए ।

उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।

You might also like
Comments
Loading...