पूर्व राज्यमन्त्री डा डिम्पलकुमारी झाकाे निधन

काठमाडाैं । संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।

You might also like
Comments
Loading...